नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधान गर्छौ : गृहमन्त्री लामिछाने (भिडिओ)
मकालु खबर
२०७९ माघ ४ गते
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अव गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताएका हुन् ।
उनले विदेशमा भएका नेपालीहरूको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए ।
नेपालमा लगानीका लागि गैर आवासीय नेपालीहरूको कानुनी र व्यवहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने लामिछानेले बताए । उनले नागरिकताका विषय समाधान भएपछि गैर आवासीय नेपालीको सम्पत्तिको हकको विषय पनि टुङ्गिने जिकिर गरे ।
मकालु खबर
२०७९ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित