मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नैपर्ने (भिडिओ)

काठमाडौँ । सरकारले विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी राष्ट्रका प्रतिनिधिलाई सरकारका मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।

बैठकले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोक्दै ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै बैठकले विभूषण वितरण गर्ने सम्बन्धमा मापदण्ड तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

क्रसर उद्योगसँग सम्बन्धित समस्याका बारेमा बैठकमा छलफल भएको र थप अध्ययन गरी उपयुक्त निर्णयमा पुग्ने उनले बताए ।

त्यस्तै सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसङ सम्बन्धित कार्य योजना बनाउन सात दिनको समय प्रदान गरिएको पौडेलले बताए ।

त्यस्तै बैठकले ऊर्जा मन्त्रालयका सचिवलाई भौतिक पूर्वाधार मन्त्रालय र भौतिकका सचिवलाई ऊर्जा मन्त्रालयमा सरुवा गरेको छ । बैठकले सरकारको प्रवक्तामा सञ्चार मन्त्री रेखा शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्ता छन् अन्य निर्णयहरू :

 

मन्त्रिपरिषद् बैठकको निर्णय: उखुको मूल्य प्रतिक्वीन्टल ५४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *