महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार द्वारा प्रदर्शन (भिडिओ)
काठमाडौँ । काठमाडौँ महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगायत सरोकारवालाहरूले विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार काठमाडौँको राष्ट्रियसभागृहमा महानगरको नगर सभाको १२ औँ अधिवेशन चलिरहेका बेला उनीहरूले सडक विस्तारको नाममा नागरिकको निजी सम्पत्ति कब्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृह अगाडी प्रदर्शन गरेका हुन् ।
निजी सम्पतीमा विना पुर्जी गुण्डागर्दी शैलीमा डोजर आतङ्क गरिएको उनीहरूको आरोप छ । त्यस्तै उनीहरूले फोहर मैला व्यवस्थापन कहाँ पुग्यो ? टुकुचा बिगार्ने अनि लापरबाही तरिकाले छाड्ने ? हिँड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहाँ पुग्यो? लगायतका प्रश्न पनि गरेका छन् ।
उपत्यका व्यापी सडक बिस्तार पीडित सङ्घर्ष समिति सुमन सामयीले उपत्यकाको समस्या समाधान गर्न काठमाडौँको मेयर असफल भएको र लोकप्रियताका लागि डोजर आतङ्क फैलाइएको बताए । उनले क्षेत्राधिकार भन्दा बाहिर नजान र महानगरको निर्णयको कपी पठाएर मात्रै काम गर्न आफूले सुझाव दिँदा आफैलाई प्रहरी प्रशासन लगाएर पक्राउ गरिएको जिकिर गरे ।
सङ्घर्ष समितिले महानगरको गलत कदमविरुद्ध आन्दोलन गर्ने तयारी समेत गरेको छ ।
महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार द्वारा प्रदर्शन pic.twitter.com/PETxgmYilS
— Makalu Khabar (@makalukhabar) January 20, 2023