नेपालकै होचो हिमताल ‘कपुचे’मा कार्यपालिका बैठक
२०७९ माघ ७ गते
पोखरा । कास्कीको मादी गाउँपालिकाले नेपालकै होचो हिमताल कपुचेमा कार्यपालिका बैठक राखेको छ । दशौं कार्यपालिका बैठक २४२१ मिटर उचाइमा रहेको हिमतालमा बसेको हो ।
कपुचे पछिल्लो समय पर्यटकको नयाँ गन्तव्यका रूपमा विकसित भइरहेको छ । तालको प्रवर्द्धन र विकासका लागि कपुचेमा बैठक राखिएको पालिका अध्यक्ष देवीजंग गुरुङले बताए । कपुचे मादीको वडा नम्बर १ मा पर्छ ।
२०७९ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित