माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकताको सहमति
मकालु खबर
२०७९ माघ ७ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको एकताका लागि आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ ।
नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठका अनुसार दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान,प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको छ ।
साथै, नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ ।
माघ १० गते अर्को बैठक बसेर टुंगो लगाइने तयारी भएको श्रेष्ठले बताए ।
मकालु खबर
२०७९ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित