उपसभामुख प्रतिपक्षको हुनुपर्छ : बद्री पाण्डे
काठमाडौँ । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले उपसभामुख प्रतिपक्षबाट हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा शनिबार उपसभामुखमा कांग्रेस नेतृ मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उनले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुने बताउँदै सभामुख सत्तापक्षबाट भएपछि उपसभामुख प्रतिपक्षबाट हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘सत्तापक्षले प्रस्ताव गरेको व्यक्ति सभामुख भएपछि उपसभामुख प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति हुनुपर्छ, यसरी मात्र सदनलाई एकताबद्ध बनाएर लैजान सजिलो हुन्छ’।
संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ भन्नुको मतलब फरक पक्षको भनिएको सांसद पाण्डेले बताए ।
सांसद यादव उपसभामुखको लागि योग्य उम्मेदवार भएको बताउँदै उनले भने, संघीय संसद्को दुवै सदनमा काम गरेको, संसदीय समितिहरूमा पनि मिहिनेतपूर्वक काम गरेको, नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धेरै मत ल्याएर जितेको, लामो समय शिक्षण पेशामा रहेको र ११ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले यादव उपसभामुखका लागि योग्य भएको सांसद यादवले बताए ।