महिला नेत्रीलाई सम्बोधन गर्दा चेली नभनियोस् : सुमना श्रेष्ठ (भिडिओ)
मकालु खबर
२०७९ माघ ७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न आग्रह गरेकी छन् ।
शनिबार (आज) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘यो सदनमा धेरै चोटि सुनियो चेली । महिला नेतृहरूलाई चेली भनेपछि पुरुषहरूलाई के चेला भन्छौँ ?’
आफूले पुरुषहरूलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै उनले महिलाहरूलाई पनि चेली नभन्न आग्रह गर्दै उनले भनिन्, ‘कृपया मेरो आह्वान छ, महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस् । यदि आत्मीयता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो । ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् ।’
मकालु खबर
२०७९ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित