घण्टीको प्रचार गर्नेलाई कारबाही गर्ने माधव नेपालको चेतावनी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गएको निर्वाचनमा अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

रौतहट काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले रौतहटमा केही नेता तथा कार्यकर्ताले समानुपातिकतर्फ घण्टीमा मत मागेको खुलेको भन्दै अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकालाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

घण्टीको प्रचार गर्नेले कारणसहित अहिले नै पार्टीमा इमानदारीका साथ जानकारी गराउन उनले सुझाव दिए । अध्यक्ष नेपालले वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको धारणा पनि राखे ।

उनले नेपालको राजनैतिक साथै आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *