पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना
मकालु खबर
२०७९ माघ ९ गते
पोखरा । स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले अक्षयकोषको स्थापना गरेको हो । पौडेल महासंघ गण्डकीको संस्थापक अध्यक्षसमेत थिए ।
सोमबार कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले तत्कालै ५ लाख राखेर अक्षयकोष खडा गरेको हो । बाँकी ५ लाख रुपैयाँ विभिन्न जिल्ला शाखा र शुभेच्छुकबाट संकलन गर्ने बताइएको छ ।
अक्षयकोषबाट हरेक वर्ष पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा पौडेलसहित ७२ जनाको निधन भएको थियो ।
मकालु खबर
२०७९ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित