निगमका जहाजकाे दैनिक रिपोर्ट पेश गर्नुस्, नसके राजीनामा दिनुस् : मन्त्री किराती
मकालु खबर
२०७९ माघ ९ गते
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका छन् ।
सोमबार वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका जहाज समयमा नै नउड्दा बदनाम हुन पुगेको भन्दै अव दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका हुन् ।
हवाई सेवामा एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न उहाले चेतावनी दिए । मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि निगमलाई निर्देशन दिए । उनले निगममा रहेर काम गर्न नसके मार्गप्रसस्त गर्न पनि सुझाव दिए ।
उनले यसअघि भएका गल्तीलाई अव उपरान्त नदोहराउन निर्देशन दिदै सकारात्मक काममा सधै साथ दिने स्पष्ट पारे ।
मकालु खबर
२०७९ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित