बजेट वितरणमा पक्षपात गर्दिनँ : सामाजिक विकासमन्त्री राजभण्डारी

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री वुद्धिकुमार राजभण्डारीले समानुपातिक वितरणमा ध्यान दिने बताएका छन् । सामाजिक विकास मन्त्रालय वितरण गर्ने मन्त्रालय मात्र भएकोले यसबाट वितरण हुने कार्यक्रम तथा बजेटलाई समानुपाति रुपमा पक्षपात नगरी वितरण गरिने उनले बताए । पदभार ग्रहण गर्ने क्रममा मन्त्री राजभण्डारीले सामाजिक विकास मन्त्रालयबाट ठुला निर्णय नहुने भएपनि वितरण गर्ने प्रणालीलाई पारदर्शी बनाइने उनको दाबी छ ।

उनले मन्त्रीको पदभार ग्रहरणगरेसँगै ईटहरीमा रहेको सडक बालबालिकाको ब्यवस्थापनमा काम गर्ने संस्था भिएसओलाई ५ लाख स्वीकृति गरेका छन् । त्यस्तै प्रदेश १ ले सुरु गरेको नमुना जिद्यालय मध्येको एक भोजपुरको सगरमाथा माबिलाई ४२ लाख ५० हजारको बजेट स्वीकृत गरेका हुन् ।

हिमाल पहाड र तराईलाई समान वितरण गर्ने बताएका राजभण्डारीले सोलुखुम्बुको शेर्पा भाषाको पढाई हुने एउटा बिद्यालयलाई पनि ५ लाख अनुदान स्वीकृत गरेका हुन् । उनले बौद्धशिक्षा गुम्बा मञ्जुश्री आबिले शेर्पा भाषामा पढाउँदै आएकोले सो विद्यालयलाई ५ लाख बजेट स्वीकृत गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उनले सामाजिक विकास मन्त्रालयलाई राजनीतिक अखडा नबनाई मन्त्रालयमा हुने राजनीतिलाई अन्त्य गर्ने बताए । खेलकुद विकास बोर्डको पदाधिकारी हटाउने बारेमा पत्रकारले सोधेको प्रश्नमा उनले यो बिषय राजनीतिक पाटो भएकोले सामाजिक विकासमा हुने राजनीतिकलाई अन्त्य गर्ने मन्त्री राजभण्डारीले बताए । नेपाली कांग्रेसलाई पनि साथमा लिएर जाने बताएका उनले दलहरु बिचमा सल्लाह गरेर मात्र निर्णय लिइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *