संसद आरोप–प्रत्यारोप गर्ने र गन्थन गर्ने थलो होइन : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसदमा हुने बहस विषय केन्द्रित हुनुपर्ने बताएका छन् । संसदमा हुने आरोप–प्रत्यारोप र गन्थनको कुनै अर्थ नहुने भन्दै उनले आफ्नो पार्टीले त्यस्ता आरोप र गन्धनमा ध्यान नदिने बताए । संसदका नयाँ सभामुख र उपसभामुखलाई शुभकामना दिन पार्टीका तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कानुन कार्यान्वयन गराउने निकायलाई आदेश पालना गर्ने बनाइएको उनले बताएका छन् । त्यसो हुँदा अब आफूले सम्हालेको गृहमन्त्रालयले कानुको पालना गराउने, विधिको शासन चलाउने व्यवस्था गराउन लागेको उनले बताए ।
अवैध क्रसर उद्योग बन्द गराउने, फरार अपराधीको सूचिमा रहेका सांसदलाई पक्राउ गर्ने जस्ता कार्यलाई नतिजामुखी बनाउन गृह मन्त्रालयले आग्रह पहल थालेको भए पनि कामगर्ने निकायलाई आदेश पालना गर्ने निकाय बनाइएकोले नतिजा देखिन नसकेको उनले बताए ।