संघीय संसद भवनअगाडि आत्मदाहको प्रयास, जलेका व्यक्तिलाई अस्पताल लगियो
मकालु खबर
२०७९ माघ १० गते
काठमाडौँ । संघीय संसद भवनअगाडि आत्मदाहको प्रयास भएको छ । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेको बताइएको छ ।
बानेश्वरबाट तीनकुने जाने बाटाे बीचमा उनले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल उद्धार गरेर अस्पताल लगेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनी इलामको पञ्चकन्या ६ निवासी प्रेमप्रसाद आचार्य हुन् ।
मैनालीका अनुसार उनी गम्भिर घाइते भएका छन् ।
घटनाको सम्पूर्ण विवरण आउन बाकी छ ।
मकालु खबर
२०७९ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित