मन्त्रीहरुले संघीयताविरुद्ध बोल्न पाइँदैन : प्रधानमन्त्री प्रचण्ड
मकालु खबर
२०७९ माघ १० गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुले संघीयता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नहुने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीयतविरुद्ध अभिव्यक्ति दिए मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताएका हुन् ।
मन्त्रीहरुले संघीयता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन थालेको भन्दै राष्ट्रिय सभामा प्रश्न उठेपछि त्यसको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
‘यसबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो स्पष्टीकरणको विषय हुन् । मन्त्रिमण्डलभन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यलाई हुन्छ तर मन्त्रिमण्डलभित्र बसेर संघीयताविरुद्ध लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपले पनि कानुनी रुपले पनि हुन सक्दैन ।’
मकालु खबर
२०७९ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित