गण्डकीमा एमालेबाट रोशन र वेद मन्त्री बन्ने
२०७९ माघ १० गते
पोखरा । गण्डकीमा एमालेबाट थप २ मन्त्री बन्दै छन् । मुख्यमन्त्री खगराज अधिकारीले काठमाडौंबाट फर्केपछि मन्त्रीको नाम टुङ्ग्याएका हुन् ।
अब नवलपुरका रोशन गाहा मगर र कास्कीका वेदबहादुर गुरुङ श्यामलाई मन्त्री बनाउन लागिएको हो । गण्डकीमा ७ मन्त्रालय कायम गरिएको छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।
यहाँ एमालेका ४, माओवादीलाई २ र राप्रपालाई १ मन्त्रालय परेको छ । यसअघि मुख्यमन्त्री सहित ४ मन्त्री नियुक्त भैसकेका छन् । अब एमालेका २ र माओवादीका १ मन्त्री बन्ने छन् । माओवादीले म्याग्दीका रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
२०७९ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित