गण्डकीमा टुंगियो मन्त्रालयको जिम्मेवारी, कसले कुन मन्त्रालय पाए ?

पोखरा । एमालेले मुखयमन्त्री सहित ४ मन्त्रालय पाएको छ । मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भैसकेका छन् । अर्थिक मामिला मन्त्रालयकाे जिम्मेवारी सीताकुमारी सुन्दासले पाउने पक्का भएको छ ।

वेद बहादुर गुरुङ कृषि तथा जलश्रोत र रोशन गाहा मगर आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् ।

माओवादीले दोश्रो वरियता सहित भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । भौतिकमा हरिबहादुर चुमान र उद्योगमा रेशम जुग्जाली मन्त्री बन्नेछन् ।

एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् । नव नियुक्त ३ मन्त्रीहरुको सपथ आजै ६ बजे हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *