सौन्दर्य प्रतियोगिताका नाममा बलात्कार गरेको मुद्दामा मनोज पाण्डे दोषी ठहर
काठमाडौँ । सौन्दर्य प्रतियोगिताका नाममा बलात्कार गरेको आरोपमा थुनामा रहेका मनोज पाण्डे दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको मुद्दामा मंगलबार फैसला गर्दै पीडितको जाहेरीअनुसार दाबी पुग्ने ठहर गरेको हो ।
उनीविरुद्ध अदालतमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार पाण्डेलाई दोषि ठहर गर्दै फैसला सुनाएका हुन् ।
फैसलाको पूर्णपाठ आउन र सजाय निर्धारण हुन बाँकी छ ।
यसअघि जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । पाण्डेलाई मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिएको थियो । यस्तै बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए ।
उनले गत जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् ।