सांसद सुनिल शर्माद्वारा संसद सचिवालयलाई तलब भत्ता नलिने लिखित जानकारी
मकालु खबर
२०७९ माघ ११ गते
काठमाडौँ । मोरङ ३ बाट निर्वाचन नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले आफूले पाउने आर्थिक सेवासुविधा नलिने भन्दै संसद सचिवालयलाई पत्राचार गरेका छन् ।
निर्वाचनका दौरान सरकारी कोषबाट सांसदले पाउने आर्थिक सुविधा नलिने घोषणा गरेका सांसद शर्माले अहिले संसद सचिवालयलाई लिखित जानकारी गराएका हुन् ।
उनले तलब, भत्ता, घरभाडालगायत कुनै पनि सुविधा नलिने जानकारी गराएका छन् ।
यस्ताे छ पत्र
मकालु खबर
२०७९ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित