रवि लामिछानेको नागरिकता मुद्दामा आजै फैसला दिने तयारी

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी भएको छ । मुद्दामा सुनुवाई सकेर संवैधानिक इजलाशका न्यायाधीशहरुले खाजा खाएपछि फैसला सुनाउने आन्तरिक तयारीमा जुटेका छन् ।

सकेसम्म फैसलाको पूर्णपाठ वा आदेश सुनाउने नभ्याए संक्षित आदेश वा ठहरसहितको व्यहोराको निर्णय सार्वजनिक गर्ने तयारी अदालतले गरेको छ ।

सर्वोच्चले यस मुद्दामा फैसला सुनाउनका लागि आवश्यक सबै कागजात प्राप्त गरिसकेकोले आजै केही न केही फैसला आउन सक्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *