सर्वोच्चको फैसलालाई स्वीकार गर्छु : रवि लामिछाने (भिडिओ)
काठमाडौँ । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने बताएका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयबामट बाहिरिने क्रममा सञ्चारकर्कीले सोधको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । तर, यसभन्दा बढी उनले केही बताउन मानेनन । उनले अहिले आफू कुनै हैसियतमा नरहेको र अनागरिक भएको प्रतिक्रिया दिए ।
यतिबेला आफ्नो कुनै परिचय नै नभएको भन्दै उहाले अनागरिकसंग कुनै पनि प्रश्नको जवाफ नरहेको उनको भनाइ छ ।
उनले भने– ‘म अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ, सर्वोच्चको फैसललाई स्वीकार गर्छ, म रास्वपाको अध्यक्ष रहिनँ, कहिँको पनि होइन, कसलाई प्रश्न सोध्दै हुनुहन्छ, परिचय नभएको अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ ?’
म अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ ? सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्छु : रवि लामिछाने#makalukhabar pic.twitter.com/cQtRE4N0Do
— Makalu Khabar (@makalukhabar) January 27, 2023