रविले पुनः लिए नेपाली नागरिकताको प्रमाणपत्र
काठमाडौँ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गएर नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्तिका लागि आवश्यक फारम भनेर उनले नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन् ।
सर्वोच्च अदालतले १३ माघमा उनको नेपाली नागरिकताको प्रमाणपत्र कायम नरहेको ठहरसहित उनको सांसद, मन्त्री तथा पार्टी सभापति पद खारेज हुने फैसला गरेपछि उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
लामिछानेले नागरिकता लिन जाँदा उनका सयौँ समर्थक जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको छन् । नेपाली नागरिकता लिएपछि उनले नेपाली नागरिकको हैसियतमा पाउने अधिकार अब बल्ल पाउने भएका छन् ।
२०५० सालमा नेपाली नागरिकता लिएका उनले उक्त अमेरिका गएर अमेरिकी नागरिकता लिएका थिए । अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता कानुनअनुसार स्वतः खारेज भएको थियो । तर, उनले अमेरिकी नागरिकता त्यागेपछि कानुनअनुसार नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया नै चालेका थिएनन् ।