रविले फिर्ता गरे निस्क्रिय नागरिकता प्रयोग गरी लिएको राहदानी
मकालु खबर
२०७९ माघ १५ गते
काठमाडौँ । रवि लामिछानेले अवैध बनेको पुराना नागरिकता प्रयोग गरी लिएको नेपाली राहदानी राहदानी विभागलाई फर्ता गरेका छन् । राहदानी विभागमा पुगेर उनले राहदानी फर्ता गरेका हुन् ।
लामिछानेले २१ फेब्रुअरी २०१४ (२०७० मा अमेरिकी नागरिकता लिएका रविले अवैध बनेको नेपाली नागरिकताकै प्रयोग गरेर २०१५ मा नेपाली राहदानी लिएका थिए । आफूलाई अनावश्यक भएको र राख्न नसकिने राहदानी फिर्ता गर्न सकिने प्रावधान रहेको छ ।
तर, अमेरिकी नागरिक भएकै बखत नेपालको स्वतः खारेज भएको नागरिकता प्रयोग गरी राहदानी लिएकोले उनमाथि राहदानी ऐन २०७६ अनुसार कसुर गरेको समेत देखिएको छ । यस ऐनअनुसार पनि उनीमाथि कारवाही हुन सक्ने देखिएको छ ।
मकालु खबर
२०७९ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित