गृहमन्त्रालय रास्वपाको जिम्मेवारी हो, यसको नेतृत्वबारे सभापतिले नै निर्णय लिनुहुन्छ : प्रवक्ता ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीकै जिम्मेवारीमा रहेकोले यो मन्त्राय रास्वपाले नै लिने बताएका छन् । पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय कमिटिको बैठकले गरेका निर्णयबार सञ्चारकर्मीलाई जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको समस्या रास्वपामा नै आएकोले सत्ताका अन्य सहयात्री दलमा समस्या नआएको भन्दै उनले आन्तरिक विषय रास्वपाले नै मिलाउने बताए । ‘पार्टी सभापतिले सत्ता साझेदार दलका अन्य नेतृत्वसँग भेटेर गृहमन्त्रालयको नेतृत्वबारे निर्णय लिनुहुने छ,’ उनले भने ।

उनले सर्वोच्चको फैसलालाई सम्मान गर्दै पार्टी सभापति रवि लामिछानेले नागरिकता लिएको र अहिले उनी सभापति बनिसकेको बताएका छन् । सबै विषय सभाधान हुँदै जाने भन्दै उनले निराश नहुन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *