गगनको प्रश्न : कुखुरा किसानलाई दिनुपर्ने ५८ करोड क्षतिपूर्ति दिने कि झुलाइरहने ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले बर्डफ्लुको जोखिम नियन्त्रणका लागि सरकारले कुखुरा नष्ट गरेका किसानलाई दिनुपर्ने ५८ करोड रुपैयाँ क्षतिपूर्ति नदिएको भन्दै आपत्ती जनाएका छन् । संसदको सुन्ने समयमा बोल्दै यसनले यस्तो बताएका हुन् ।

उनले भने– ‘सयौँको संख्यामा कुखुरा पालक साना किसान कृषि मन्त्रालय धाइरहेका छन् । उनीहरु त्यहाँ पुग्छन् । रुन्छन्, कराउँछन् । यी तीनै किसान हुन्, जसले बैंकबाट ऋण लिएर सानासाना कुखुरा फार्म चलाएका थिए । बर्डफ्लुको जोखिम न्यूनिकरण गर्न सरकारको निर्णयबाट यनीहरुले पालेका कुखुरा नष्ट गरियो । नियमअनुसार यिनले पाउने क्षतिपूर्ति रकम ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर दिँदैन । सरकार झुलाउँछ । किनभने सरकारलाई भ्याइनभ्याइ छ । तर, बैंकले यिनीहरुलाई अँठ्याउँछ । मेरो सरकारलाई प्रश्न छ– बैंकको ऋणले थिचिएका साना किसानले कुनै अप्रिय निर्णय नगर्दासम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरेपछि आँसु बगाउँदै, सहानुभूति प्रकट गर्न छानविन गर्न समिति बनाउने हो कि ? यस्तो निर्णय नहोस् भन्ने र ऋणले थिचिएका साना किसानलाई जोगाउन सरकारले दिन्छु भनेको र दिर्ने रकम दिन झुलाइ रहने हो कि । दिन्छु भनेको रकम दिने हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *