संघीयता र गणतन्त्रविरुद्ध बोल्न नहुने र बोल्न पाउनुपर्ने भन्दै सांसदबीच मत बाझियो
मकालु खबर
२०७९ माघ १८ गते
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा संघीयता र गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध बोल्न नहुने र बोल्न पाउनुपर्ने भन्दै सांसदबीच मत बाझिएकाे छ ।
विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरूबिच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
यसैगरी, नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरूले संविधानको व्यवस्थाविपरीत बोल्न नहुने धारणा व्यक्त गरे ।
तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले सांसदले बोलेको उक्त विषयप्रति आपत्ति जनाउँदै धर्म, गणतन्त्र र सङ्घीयताका सवालमा संसद्मा बोल्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
मकालु खबर
२०७९ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित