रास्वपा बैठकअघि रविले भेटे प्रचण्ड र ओली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । पार्टीको केन्द्रीय समिति र संसदीय दलको निर्णायक भनिएको बैठक बस्नुअघि रविले बालुवाटर पुगेर प्रधानमन्त्री दाहालाई भेटेका हुन् ।

त्यसअघि रविले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा पुगेर भेटेका थिए । यी भेटमा के कुरा भए भन्ने विषयमा नखुलाइएको भए पनि पनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारमा पहिलकै जस्तो गृहमन्त्रीको माग गरिरहेका रविलाई प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय दिन नमानेपछि सरबारका बसिहरने कि बाहिरिने भन्ने बारे आज निर्णय लिन रास्वपा बैठक बस्न लागेको छ ।
रविलाई गृहको साटो भौति पूर्वाधार तथा यातायात मन्त्राय दिने प्रस्ताव प्रधामन्त्रीले गरेका छन् ।

नागरिकता विवाद मुद्दामा सर्वोच्चले रविको नागरिकता कायम नरहेको फैसाला गरेपछि रविली सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री र पार्टी सभापति पद गुमाएका थिए । तर, नागरिकता लिएपछि रवि पार्टी सभापति पदमा भने बहाल भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *