उपचुनाव लड्ने रवि लामिछानेको घोषणा
मकालु खबर
२०७९ माघ २२ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनाव लड्ने घोषणा गरेका छन् ।
नागरिकता मुद्दामा अदालतको फैसलापछि रविको सांसद पद खारेज भएपछि चितवन २ प्रतिनिधिविहीन बनेको छ । उक्त क्षेत्रमा पुनः उपनिर्वाचन गर्ने घोषणा निर्वाचन आयोगले गरेको छ । रविले पहिला आफूलाई जिताउने मतदातालाई धन्यवाद दिँदै फेरि त्यही ठाउँबाट चुनाव लड्ने आज आयोजित पत्रकार सम्मेलनमा घोषणा गरे ।
उनले चुनावमा निर्वाचन नभई मन्त्री पद नलिने समेत स्पष्ट पारे ।
मकालु खबर
२०७९ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित