रास्वपाको निर्णयबारे प्रचण्डले भने– सत्ता गठबन्धन जोगाउन लागेको छु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन दलबीचको एकतालाई जोगाउन आफू लागि परेको बताएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णयगरेको विषयमा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

संसद भवन नयाँबानेश्वरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रिय सहमति नै गरेर आफूहरु अघि बढ्न तयार रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर आफूले अहिलेका समस्या समाधान गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *