पल शाहलाई उपस्थित गराउन उच्च अदालतको आदेश
२०७९ माघ २३ गते
पोखरा । बालिका बलात्कार मुद्दामा सफाइ पाए पनि बाल यौन दुराचार मुद्दामा सजाय भोगिरहेका अभिनेता पल शाहलाई उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
तनहुँ जिल्ला अदालतले उनलाई निर्दोष सावित गरे पनि नवलपुरले बाल यौन दुराचारमा साढे २ वर्ष सजाय सुनाएको हो । उच्चले दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको हो ।
नवलपुर जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिलको कार्यालय र शाह पक्ष दुवैले उच्चमा पुनरावेदन दर्ता गरेका थिए । कामु न्यायाधीश डिल्लीराज आचार्य र ऋषि भण्डारीको संयुक्त इजलासले १५ दिनभित्र झगडिया झिकाउने आदेश दिएको हो ।
२०७९ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित