टर्की भूकम्पपछि भवनमा पुरिएका फुटबलर जीवितै भेटिए
मकालु खबर
२०७९ माघ २४ गते
काठमाडौँ । टर्कीमा भूकम्पले भत्किएको भवनको भग्नावेषमा पुरिएका चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु जीवित भेटिएका छन् ।अहिले उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठूलो भवनमुनि फसेका थिए । आत्सु पछिल्लो समय टर्किस सुपर लिग क्लब हातायोस्पोरबाट खेलिरहेका थिए । ३१ वर्षीय उनी यसअघि सन् २०१३ मा इङ्लिस क्लब चेल्सीमा पनि आवद्ध थिए । तर उनले चेल्सीबाट खेल्न पाएनन् ।
उनलाई क्लबले ऋणमा इङ्लिस क्लबहरु एभर्टन र न्युक्यासलमा पठाएको थियो । उनी भवनमा पुरिएपछि पूर्व क्लब न्युक्यासलले राम्रो समाचारका लागि प्राथना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।
मकालु खबर
२०७९ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित