देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्चमा दर्ता

काठमाडाैँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । तर, माघ १८ गते भएको दरपिठको निर्णय इजलासले बदर गर्दै दर्ता गर्न आदेश दिएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो। रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध निवेदन दिएका थिए । न्यायाधीश प्रधानले रिट दर्ता गरि सुनुवाइका लागि पेश गर्न आदेश दिएकी हुन् ।

रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुनसमेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिका नदिन रिटमा माग गरिएको छ ।

देउवालाई संसद सचिवालयबाट कुनै पनि सेवा सुविधा नदिन समेत निवेदकको माग छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता देउवालाई नै विपक्षी दलको प्रमुख नेता तोकिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *