राष्ट्रपति र चितवन २ मा कांग्रेसले जित्छ : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति र चितवन क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेद्वारले जित्ने बताएका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनको सौराहामा उद्घाटन गर्दै मंगलबार उनले यस्तो बताएका हुन् ।

आफूहरुले राष्ट्रपति निर्वाचनमा उम्मेद्वार उठाउन खोज्दा कांग्रेसले भाँजो हाल्यो भनेर सत्ता पक्षले भनिरहेको भन्दै उनले संसदको सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहने उनले बताए ।

त्यस्तै, चितवन २ प्रतिनिधिविहीन बने पनि नेपाली कांग्रेसले प्रतिनिधि र अभिभावक दिने उनले बताए । रवि लामिछानेको नागरिकता विवादसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको छ ।

अब ढुक्क भएर कांग्रेसका उम्मेदवारलाई भोट हाल्न उनले मतदातालाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *