प्रदेश सभाको अर्को बैठक अनिश्चित

विराटनगर । सरकारले प्रदेश सभालाई बिजनेश दिन नसक्दा प्रदेश सभा बैठक अनिश्चित भएको छ। मंगलवार बसेको प्रदेश १ सभाको दुई वटा बैठक प्रदेश प्रमुखको सम्बोधन र धन्यवाद ज्ञापन मै सकिएको छ ।

मंगलवारको पहिलो बैठकमा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गरेका थिए । त्यसपछि बसेको दोस्रो प्रदेशसभा बैठकले प्रदेशसभामा सम्बोधन गरेका खापुङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको थियो । धन्यवाद प्रस्ताव पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । प्रदेश १ को प्रदेशसभाको सातौँ बैठक सकिँदासम्म सरकारले बिजनेस दिन सकेको छैन ।

नामाकरण टुङ्गो लाग्ने विश्वास

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ को नामाकरण यही कार्यकालमा टुङ्गिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

प्रदेश सभालाई सम्बोधन गर्दै उनले आम जनचासोको विषय रहेको भन्दै नामाकरणको विषय टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । ‘अत्याधिक जनचासो र जनअपेक्षाको विषय नामाकरण रहेको हुँदा उच्च प्राथमिकतामा राख्न यो प्रदेशसभा सक्षम हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने, पहिलो प्रदेश सभाले प्रदेश १ को राजधानी तोकिसकेको अवस्थामा नामाकरणको विषयलाई प्राथमिकतामा पर्नेछ ।’ उनले समृद्ध प्रदेश निर्माणमा अधिकतम प्रयास गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *