प्रदेश १ को न्यूनतम साझा समितिले मुख्यमन्त्रीलाई बुझायो प्राथमिकताहरुको मस्यौदा
विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ। आजै समितिले मुख्यमन्त्री हिक्मत कार्कीलाई साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गरेको हो ।
प्रदेशका पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहित मस्यौदा समितिका सदस्यले मुख्यमन्त्री कार्कीलाई मस्यौदा हस्तान्तरण गरे ।
मंगलबार मस्यौदा बुझ्दै मुख्यमन्त्री कार्कीले सरकारबाट प्राप्त कार्य जिम्मेवारी समयमै पूरा गरेकोमा समितिका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद दिएका थिए ।
समितिमा नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा र जसपाका प्रदेशसभा सदस्य तथा दलका नेताले संयुक्त कार्यक्रमको मस्यौदा तयार पारेका थिए ।
यसमा दीर्घकालीन राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ तथा प्रदेश १ को वस्तुगत लक्ष्य ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ प्राप्तिका १९ वटा मुख्य प्राथमिकता तोकेको समितिले जनाएको छ ।