भूकम्पमा परी टर्कीका २८ वर्षीय गोलरक्षकको निधन
मकालु खबर
२०७९ माघ २५ गते
काठमाडौँ । टर्कीमा गएको भूकम्पमा परेर टर्किस गोलरक्षकको निधन भएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रित भएर सोमबारको गएको भूकम्पमा गोलरक्षक अहमद एयुप तुर्कासलानको निधन भएको हो ।
उनको क्लब येनी मालत्यास्पोरले आफ्ना गोलरक्षक मृत्यु भएको पुष्टि गरेको छ । ‘हाम्रा गोलरक्षक अहमद एयुप तुर्कासलानको भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धाञ्जली । सुन्दर तपाईँलाई हामी बिर्सने छैनौँ ।’ क्लबले आफ्नो आधिकारिक ट्विट ह्यान्डलमा ट्विट गरेको छ ।
२८ वर्षीय तुर्कासलानले सन् २०२१ मा आबद्ध भएपछि टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए ।
मकालु खबर
२०७९ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित