राष्ट्रपतिकाे उम्मेदवार टुंगाे लगाउन भाेलि उच्चस्तरीय संयन्त्रको बैठक बस्ने

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि (बिहीबार) बस्ने निर्णय भएको छ। सत्ता साझेदार दल नेकपा एमालेका नेता केपी शर्मा ओलीको निवास बालकोटमा आज (बुधबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको छलफलपछि यस्तो निर्णय भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको र राष्ट्रपति निर्वाच निजिकिँदै गएको सन्दर्भमा दाहाल र ओलीबीच बुधबार डेढघण्टा लामो छलफल भएको हो ।

बिहीबार बस्ने बैठकले राष्ट्रपतिकाे उम्मेदवारकाे टुंगाेसमेत लगाउने बताइएकाे छ ।

उच्चस्तरीय संयन्त्रको संयोजक समेत रहेका ओली र सरकारको नेतृत्वकर्ता प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *