हामीले कुनै पार्टीको ‘रबर स्ट्याम्प’ बन्ने राष्ट्रपति खोजेका होइनौँ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कुनै पार्टी विशेषका लागि काम नगर्ने र सबैको नेतृत्व गर्ने राष्ट्रपति आफूहरुले चाहेको बताएका छन् । उनले एमालेबाट राष्ट्रपति बेनेकी विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । वितगमा जस्तो कुनै पार्टीको ‘रबर स्ट्याम्प’ जस्तो भएर काम गर्ने राष्ट्रपतिले लोकतन्त्रर्ला नै धरापमा पार्ने भएकोले सबैको साझा नेतृत्व गर्ने राष्ट्रपतिका लागि नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताए ।
लोकतन्त्र संवाद केन्द्र काठमाडौँले प्रज्ञाप्रतिष्ठान कमदादीमा आयोजना गरेको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहीदिन अघि संसदमा गरेको सम्बोधनले धेरै ठूलो अहंकार प्रस्तुत भएको बताएका छन् । उनले दुई तिहाई बहुमतको सरकारको ३ वर्ष नेतृत्व गर्ने अवसर पाएर पनि देशलाई विकास र सुशासन दिन ओली असफल रहेको बताए ।
‘मलाई थाहा छ उहाँको नेतृत्वको उक्त सरकारको बेलामा जति भ्रष्टाचार नेपालमा कहिल्यै भएको छैन,’ उनले भने, ‘कोरोनाविरुद्धको औषधि, मास्क र विदेशबाट नेपाल आउन चाहने नेपालीलाई हवाई टिक दिँदा निकै ठूलो भ्रष्टाचार भयो तर त्यसको कुनै छानविन भएन । आर्थिक सूचकांक तल झ्र्यो, सुचना विधेयक, गुठी विधेयक जस्ता विधेक अघि बढ्न दिइएन । केही पनि गर्न नसकेर ओलीको दुईतिहाईको सरकार ढल्यो । अहिलेको हंक पार्लियामेन्ट पनि केपी ओली प्रवृत्तिकै कारण ५ वर्ष पुग्न नपाउँदै ढल्छ कि भन्ने डर लागेको छ ।’
ओलीको जस्तो अहंकारी प्रवृत्तिको विकास भयो भने नेपाली राजनीतिमा अधिनायकवादले प्रश्रय पाउनले र नेपाली राजनीतिक संस्कारको क्षयीकरण हुने उनले बताए ।
अहिले लोकतान्त्रिक विधि र पद्धतिको शासन व्यवस्थाको विकास नगरी व्यक्तिलाई नै शासन गर्ने नायक बनाउने दुश्प्रयास भइरहेको बताएका छन् । विधिको शासन र शासन व्यवस्थामा लोकतान्त्रिक सामूहिक नेतृत्वको विकास गर्न आफूहरु हिजा राजतन्त्रविरुद्धको आन्दोलनमा लागेको बताएका हुन् ।
‘एकले अर्कालाई गाली गर्ने, कुनै पनि मर्यादा कायम नगर्ने, तर्कमा विश्वास नगर्ने, दम्भ प्रस्तुत गर्ने यस्ता प्रवृत्ति नेपाली राजनीतिक संस्कारलाई विकृत बनाएको छ,’ उनले भने, ‘यस्तो संस्कारले लोकतन्त्रलाई सबल बनाउँदैन ।’
समग्र नेपाली राजनीतिक नेतृत्व विभिन्न काण्ड रप्रकरणमा मुछिँदै गएकोले देशमा राजनीतिक संस्कार हराउँदै गएको उनले बताए ।
‘कसैले गलत गरेको रहेछ भने त्यसलाई निर्मम भएर आफूबाट पन्छाउने प्रयास हामीले नेपाली राजनीतिमा गर्नुपर्ने छ,’ उनले भने, ‘भ्रष्टाचारलाई अन्त्य गर्दै सुसंस्कृत र नैतिकतामा टिकेको राजनीतिक गर्न सकिए सबै बेथितिको अन्त्य गर्न सकिने उनले बताए ।’
अहिले हरेक मानिस ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’सँग जोडिएको बताउँदै उनले पहिला सबै राजनीतिक नेतृत्वले आफैँलाई प्रश्न गर्नुपर्ने बताए । यसो नभए जनता अझ निराश हुने उनले बताए ।
‘कोही न कोही छ र आशा गर्ने ठाउँ छ भन्ने विश्वास जनतामा जग्दैछ भनेर हामीले वैकल्पिक राजनीतिको खोजी गर्ने साथीहरुबाट आशा गरेका थियौँ,’ उनले भने, ‘तर वैकल्पिक राजनीतिको नेतृत्व गर्नेहरु नै विभिन्न प्रकरणमा मुछिएका छन् । तर यो अवसर पनि हो ।’
देशको कानुन मानेर मन्त्री बनेकाहरुले नै गणतन्त्र मान्दिनँ भनिरहेको अवस्थको अवस्था विडम्बनापूर्ण अवस्था रहेको उनले बताए ।
मिडिया, नागरिक समाजले हिजो जस्तै आज पनि लोकतन्त्रको दह्रो वकालत गरिरहनु पर्ने उनले बताए ।
कांग्रेस नेतृत्वले पनि पुराना कुरा कोट्याउँछन् कि भनेर केन्द्रीय समिति बैठक राख्न डराइरहेको भन्दै पुराना कुरा नकोट्याउने सर्तमै भए पनि बैठक राख्नुपर्ने उनले बताए ।