करिश्मा मानन्धरद्वारा डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी डिल्लीराम खनालले युट्युवमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

डिल्लीरामले युट्युबको एक भिडिओ अन्तर्वार्तामा करिश्मालाई रवि लामिछानेसँग लिभिङ टुगेदरमा बसेको आरोप लगाएका छन् ।

उक्त आरोपले आफ्नो प्रतिष्ठामा आँच आएको भन्दै करिश्माले मंगलबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएकी व्युरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *