प्रदेश १ मा ‘म सक्छु..’ अभियान सुरु
मकालु खबर
२०७९ माघ २५ गते
विराटनगर । प्रदेश १ मा ‘म सक्छु..’ अभियान सुरु भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषध न्यूनीकरण कार्य योजना ‘म सक्छु..’ अभियान २०७९ सुरु गरेको हो ।
अभियानको सुरुवातीसँगै आजै देखि विराटनगरबाट यो अभियान सुरु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको लागुऔषध क्यानको भवनमा करिब ५० जना लागुऔषध प्रयोगकर्ताहरूलाई भेला जम्मा गरी मनो सामाजिक परामर्श दिइएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागुऔषध प्रयोगकर्ताहरूलाई मनो सामाजिक परामर्श प्रदान गरे ।
यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरूमा सञ्चालन गरिने प्रदेश प्रहरी प्रमुख डिआइजी श्याम ज्ञवालीले जानकारी दिए ।
मकालु खबर
२०७९ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित