गाई चारेको विवादमा सप्तरीमा चल्यो गोली
मकालु खबर
२०७९ माघ २५ गते
सप्तरी । सप्तरीमा बुधबार अपराह्न गोली चलेको छ। करिब ४ बजेतिर हनुमान नगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा भारतीयले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्र कार्कीले जानकारी दिए।
उनका अनुसार २०(३० जनाको भारतीय समूहले आएर केही राउन्ड पेस्तोलबाट गोली प्रहार गरेको हो।
कोशी पारी गाईबस्तुहरू हराउन थालेपछि स्थानीयले एक जना पुरुषलाई भारतबाट नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर स्थानीय महेन्द्र पासवानको घरमा राखिएको थियो।
आफ्ना मान्छेलाई समातेर लगेको भनेर भारतीय पक्षको समूह आएको एसपी कार्कीले बताए। उक्त समूहले जावेदलाई फिर्ता लग्ने क्रममा केही राउन्ड गोली फायर भएको हो। गोलीको छर्रा लागेर पासवानको खुट्टामा सामान्य चोट लागेको छ।
प्रहरी घटनास्थलमा पुगेर फर्किएको छ।
मकालु खबर
२०७९ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित