नाउपाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
मकालु खबर
२०७९ माघ २६ गते
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री रावलले बिहीबार संसदमा विश्वासको मत लिने कार्यक्रम छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका रावलले बुधबार नै विश्वासको मत नपाउने देखिएपछि प्रदेश सभाको बैठक नै स्थगित गरेर नाउपासँग विश्वसाको मत लिन संवाद थालेको थियो । तर, आफूहरुको मुद्दा सम्बोधन नहुने निश्चित भएकोले विश्वासको मत नदिन निर्णयमा पुगेको नाउपा अध्यक्ष रञ्जिता श्रेष्लेले बताएकी छन् ।
प्रदेशसभामा रावलले विश्वासको मत प्रमाणित गर्न सकेनन् भने उनी स्वतः पदमुक्त हुने छन् । र संविधानको धारण ६८(३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सक्ने छ ।
मकालु खबर
२०७९ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित