उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, दाहाल–ओली वार्ता

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा रहेको सत्तापक्षीय दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । बैठक ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको थियो ।

संयन्त्रकाे बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच हाल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता चलिरहेकाे छ ।

उक्त भेटमा राष्ट्रपतिकाे उम्मेदवार, रास्वपाकाे सरकारबाट बहिर्गमन, सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले लिन लागेकाे विश्वासकाे मतलगायत विषयमा कुराकानी भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयका एक सदस्यले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *