सुदूरपश्चिमका मुख्यमन्त्री रावलकाे पद स्वतः खारेज, ३० दिनमै ढल्याे सरकार
मकालु खबर
२०७९ माघ २६ गते
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्ववासको मत माग्दै प्रदेश संसदमा पेश गरेका प्रस्ताव संसदको बहुमतले अस्वीकृत गरेको छ ।
यो सँगै मुख्यमन्त्री रावलको पद स्वतः खारेज भएको छ ।
एमालेबाट मुख्यमन्त्री बनेका रावलले संसदमा विश्वासको मत माग्न राखेको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको हो ।
२७ पुसमा माअाेवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका १ गरी २९ सांसदकाे समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
मकालु खबर
२०७९ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित