एमालेले २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने, नेताहरुको जिम्मेवारी हेरफेर
काठमाडौँ । नेकपा एमालेले ‘मिसन ग्रासरुट’ नाममा दुई महिने अभियान चलाउने भएको छ । फागुन र चैत दुई महिना पार्टीले उक्त अभियान चलाउने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
अभियानका लागि एमालेले एमालेले विभिन्न ११ वटा कार्यदेश तोकेर केन्द्रीय सदस्यहरुलाई गाउँ तहसम्म पठाउनेछ । यसक्रममा सदस्यता नवीकरण, वितरण, पूराना नेता कार्यकर्ताको सम्मान, जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्ध लगायतका काम गर्ने निर्णय गरेकोछ । अभियानको सुरुवात फागुन ५ गते सातै प्रदेशबाट एकैपटक हुने नेता ज्ञवालीले जानकारी दिए ।
त्यस्तै बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिएको छ । यसअघिका इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि उक्त जिम्मेवारी गौतमलाई दिइएको हो ।
त्यस्तै, धनश्याम भुसालले पार्टी छोडेपपछि रिक्त भएको अर्थ तथा योजना आयोजको प्रमुखमा स्थायी कमिटि सदस्य विन्दा पाण्डेलाई जिम्मेवारी दिएको छ ।
अपांगता विभागको प्रमुखको जिम्मेवारी पोलिट्ब्युरो सदस्य पार्वत गुरुङलई दिइएको छ । त्यस्तै रामचण्ड मण्डल मधेस प्रदेशको सभामुख भएकोले सो स्थानको जिम्मेवारी शीला यादवलाई दिइएको छ ।