पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाण पत्रमा दोषी ठहर
मकालु खबर
२०७९ माघ २६ गते
काठमाडौँ । पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार उनलाई दोषि ठहर गर्दै फैसला गरेको हो ।
उपाध्यायलाई ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।
यसअघि प्रारम्भिक सुनुवाई गर्दा उनी ३० हजार रुपैयाँ धरौटिमा छुटेका थिए ।
उपाध्याय तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदै न्याय परिषद्मा उजुरी परेको थियो । न्याय परिषदले उनीमाथि छानविन गरेर कारबाही सिफारिस गरेको थियो ।
विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासले बिहीबार उपाध्यायको नक्कली प्रमाणपत्र रहेको फैसला गरेको हो ।
मकालु खबर
२०७९ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित