सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त, शपथ ग्रहण शुक्रबार

धनगढी । सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले शाहलाई आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावलले विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभा बैठकको बहुमतले अस्वीकृत गरेपछि आजै उनी स्वतः पदमुक्त भएका थिए ।

उनकाे शपथ ग्रहण भने शुक्रबार हुने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *