सिएउनआई एक्स्पो : आज समीर श्रेष्ठको प्रस्तुत रहने, दर्शकको भिड बढ्दो
विराटनगर । विराटनगर–२ शंकरपुर मार्गमा जारी सीएनआई कोसी एक्स्पोको आज साँझ समीर श्रेष्ठको सांगीतिक प्रस्तुति रहने छ ।
‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका हुन्छन् । त्यसको पछिल्लो उदाहरणका रुपमा एक दिन अघिमात्रै रिलिज भएको उनको ‘मायालु सुन न’ बोलको गीत हो ।
यो गीत युट्युबमा टप टेनभित्र ट्रेण्डिङ रहेको छ । उक्त गीत १७ लाख बढिले हेरिसकेका छन् । तीन महिना अघि उनले ल्याएको ‘हेर न’ बोलको गीत अहिलेसम्म ९३ लाख पटक हेरिसकिएको छ ।
उनका ‘कुरि बसेछु, मेरो मनमा, चार दिवार, मनका कुरा, आज किन, माया त माया हो, कुराकानी’ लगायतका गीत चर्चित छन् ।
शुक्रबार साँझका लागि स्थानीय ‘शुभम् एण्ड द ब्याण्ड’ ले पनि प्रस्तुति दिने जनाइएको छ । एक्स्पोमा साँझ ६ः३० बजेसम्म टिकट काट्दा टिकट दर १०० रुपैयाँमात्रै कायम गरिएको छ । कक्षा ९ मुनिका विद्यार्थीले भने ५० रुपैयाँमै टिकट पाउने छन् ।
एक्स्पो सकिनै लाग्दा दर्शकको आकर्षण भने बढेको छ। एकै दिन ३० हजार भन्दा बढीले मेलाको अवलोकन गर्ने गरेको सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । रहेक दिन ३० हजार भन्दा बढी दर्शकको भिड लागेको छ, उनले भने, ऐतिहासिक मेला भएकोले पनि साँझ आउने सामान खरिद गर्नेहरूको संख्या धेरै छ।