बाग्मती र कर्णाली सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने
मकालु खबर
२०७९ माघ २७ गते
काठमाडाैँ । कर्णाली र बाग्मती प्रदेश सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेका छन् । गत माघ २४ गते बसेको बाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले फागुन १ मा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाद्वारा जारी सुचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’
यसअघि गत माघ २३ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले पनि ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
मकालु खबर
२०७९ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित