आर्थिक प्रतिकुलताबीच धैर्य भएर काम गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देश आर्थिक रुपमा असहज परिस्थितिबाट गुज्रिरहेकोले यसलाई सबै क्षेत्रले स्वीकार गर्नुपर्ने बताएका छन् । तर, हामीले आत्तिनु पर्ने अवस्था नरहेको उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सुक्ष्म विश्लेषण गरेर आर्थिक नीतिहरु अघि बढाइएकोले अहिलेको आर्थिक समस्या चाँदै समाधान हुँदै जाने र अर्थतन्त्र लयमा फर्किने बताए ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्र उद्योग संघको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले आम व्यवसायी तथा सर्वसाधारणको अपेक्षा असीमित रहेको र स्रोत साधन समीति रहेकोले अपेक्षा पूरा गर्न गाह्रो भइरहेको बताए । उनले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा अनुसार चालु पूँजी, एलसीका विषयमा सकारात्मक प्रबन्ध गरेको बताए । त्यस्तै, दैनिक तरलता सुविधाअन्तर्गत ओभरनाइट तरलता सुविधाका लागि राष्ट्र बैंकले आधार ब्याजदर कम गरेको बताए । ऋणको साँवा ब्याज भुक्तानीमा १ महिनासम्म भाका नाक्दा पनि जरिवाना ब्याज लिन नपाउने व्यवस्था गरेको बताए ।

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा निजी क्षेत्र तथा व्यवसायीलाई सहजीकरणको प्रयास गरेकोले प्रतिकुलताका बीच धैर्य भएर काम गर्ने उनले व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *