निहारिका र शिवराजको विवाह
मकालु खबर
२०७९ माघ २७ गते
जनकपुरधाम । निहारिका राजपुत र शिवराज श्रेष्ठबीच विवाह भएको छ । कुमारी आमाको रुपमा चर्चामा आएकी निहारिकाले शिवराजविरुद्ध बलात्कार मुद्दा समेत हालेकी थिइन् । तर, यी दुईले जनकपुरको रामजानकी मन्दिरमा विवाह गरेका हुन् ।
त्यसअघि उनीहरुले १७ माघमा कानुनबमोजिम मिलापत्र गरी पति पत्नीका रुपमा बस्न स्वीकार गरेका थिए ।
शिवराजले आफूमाथि बलात्कार गरेको र बच्चा जन्मिएको भन्दै निहारिकाले डिएनए जाँचको माग गरेकी थिइन् । डिएनए जाँचपछि उक्त बच्चा शिवराजकै भएको प्रमाणित भएको थियो ।
त्यसपछि केही समयको अन्तरालमा उनीहरुबीच संवाद सुरु भएको थियो । उक्त संवादपछि दुबै मिलेर बस्ने निर्णयमा पुगेका थिए ।
मकालु खबर
२०७९ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित